अलास्काको यो शहरमा ६६ दिनपछि निस्कियो सूर्य

अलास्काको यो शहरमा ६६ दिनपछि निस्कियो सूर्य

६६ दिनसम्म पनि सूर्य निस्किएन भन्दा तपाईलाई विश्वास नलाग्ला । तर यो कुरा सत्य हो । यो शहरको नाम हो उल्कियाविक । जो अमेरिकाको अलास्का राज्यमा रहेको छ ।

उल्कियाविकमा ६६ दिनपछि एक घण्टाका लागि सूर्य निस्किएको थियो । त्यसपछि फेरि सारा क्षेत्र अँध्यारो भयो । त्यहाँ धेरैजसो मेक्सिकोका मानिस बस्ने गर्छन् ।

उल्कियाविकमा १९ नोभेम्बर २०२० मा अन्तिमपटक सूर्य निस्किएको थियो ।

२० नोभेम्बरबाट लिएर २२ जनवरी २०२१ सम्म त्यहाँ पूरा रुपमा अँध्यारो भयो ।

यति धेरैपछि सूर्य उदाउनुको कारण आर्कटिक सर्कलको उचाई धेरै छ । ध्रुवीय क्षेत्र भएको कारणले चिसोको मोसममा आकाश माथि जान पाउँदैन ।