लागु औषधसहित २ जना पक्राउ

लागु औषधसहित २ जना पक्राउ

कञ्चनपुर । कञ्चनपुरमा लागु औषधसहित २ जना पक्राउ परेका छन्।

जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर १८ सिद्ध टोलबाट बाजुराका १८ वर्षिय नरेश रावल र भीमदत्त नगरपालिका वडा नम्बर १८ का २२ वर्षिय बिवश बिष्टलाइ पक्राउ गरिएको हो।

गोप्य सूचनाका आधारमा उनीहरुको साथबाट एक दशमलव ८८ ग्राम गैरा हिराइन जस्तो देखिने धुला परामद गरिएको कञ्चनपुर प्रहरीले बताएको छ।