नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहको विरोधसभा धनगढीमा सुरु भएको छ। विरोधसभामा अध्यक्षद्वय पुष्पकमल दाहाल, माधव नेपाल, सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टलगायतले सम्बोधन गर्ने कार्यक्रम छ।
प्रतिनिधिसभा विघटनविरुद्ध दाहाल(नेपाल समूहले विभिन्न चरणमा आन्दोलन गरिरहेका छन्। माघ १२ गते थप संघर्षका कार्यक्रमहरू सार्वजनिक गरिएको थियो। सोही कार्यक्रमअन्तर्गत धनगढीमा सभा गरिएको हो।
उनीहरूले बिहीबार बुटवल र शुक्रबार विराटनगरमा विरोधसभा गरेका थिए। यस्तै माघ २२ गते काठमाडौंमा युवा र्याली, २६ गते देशव्यापी मसाल जुलुस र २८ गते काठमाडौंमा विरोध प्रदर्शन र सभा गरिने दाहाल-नेपाल समूहले जनाएको छ।