उखु अभावले चिनी उद्योग क्षेत्र सुनसान

उखु अभावले चिनी उद्योग क्षेत्र सुनसान

माघ महिना उखु किसान र चिनी उद्योग दुवैका लागि अति व्यस्त समय मानिन्छ ।  उखु कटान र क्रसिङ (पेल्ने काम) ले भ्याइनभ्याइ हुनुपर्ने अहिले किसान र उद्योग दुवै क्षेत्र सुनसान जस्तै बनेका छन् । क्रमशः उखुखेती छाड्दै गएका किसान र ‘नो केन’ (उखु अभाव)ले चिनी उद्योग क्षेत्र सुनसान जस्तै बनेको हो ।  

चिनी उद्योगमा चाहिँदो मात्राको उखु नपुग्नुलाई ‘नो केन’ भन्ने गरिन्छ ।  गौशाला नगरपालिका–१ स्थित एभरेष्ट सुगर ऐण्ड केमिकल इण्डष्ट्रिज  अहिले यही अवस्था गुजारी रहेको छ । केही वर्ष पहिले मौसम (उखु पेलेर चिनी बनाउने बेला) मा ५८ लाख क्विन्टलसम्म उखु पेलेर कीर्तिमान बनाएको उद्योग अहिले उखुकै अभावमा एक÷दुई दिन बिराएर बन्द गर्नुपर्ने बनेको छ । क्रसिङ  मौसमा विगतमा दैनिक २० घण्टासम्म चल्ने गरेको यो उद्योग अहिले ‘नो केन’ कै मारले मुश्कीलले १०/११ घण्टामात्र चल्ने गरेको उद्योग प्रशासनले नै स्वीकार गरेको छ । 


उद्योगले यसपाली पुसको पहिलो सातामा क्रसिङ सञ्चालन शुरु गरेको हो । यसअघि कटान चलान नपाएको भन्दै गुनासो गर्ने किसान, उखु तौलमा हुने भिडभाड र उद्योग परिसरमा सयौँको सङ्ख्यामा तौलको पालो पर्खेर रहेका उखु गाडी स्वात्तै घटेपछि उद्योग परिसर सुनसान बनेको उद्योग नजिकका बासिन्दा बताउँछन् । 

तराईमा नगदेबाली भनिने उखुको मूल्य कहिल्यै समयमा नपाएपछि किसानले चार÷पाँच वर्षयता खेती घटाउँदै लगेका छन् । उखुको मूल्य निर्धारणमा बर्सेनी लामो समयसम्म किचोला हुनु, खेती गर्न सुलभ ऋण र प्राविधिक सहयोग नपाउनु र उखुको भुक्तानीका लागि बर्सेनी आन्दोलन नै गर्नुपर्ने अवस्था बन्नुले किसान उखु खेतीको विकल्पतर्फ लागेका गौशाला–१ का किसान धनलाल साशङ्कर बताउँछन् । 

“मरीमरी खेती गरेर उव्जाएको फसलको न आपूmले मूल्य भन्न पाइन्छ, न चाहेका बेला पैसा नै”, उनले भने, “उल्टै प्रत्येक सालजस्तो आन्दोलनमा पो उत्रनुपर्छ, अनि उखु गर्न कसरी जाँगर चलोस् रु” पाँच वर्षअघिसम्म आफ्नो सगोल परिवार हुँदा पाँच÷छ बिघासम्म गरिएको उखुखेती अब गर्न छाडिएको साशङ्करको भनाइ छ ।