कैलाली उद्योग वाणिज्य संघको  ५० औ स्वर्ण जयन्तीको अवसरमा रक्तदान कार्यक्रम सुरु

कैलाली उद्योग वाणिज्य संघको  ५० औ स्वर्ण जयन्तीको अवसरमा रक्तदान कार्यक्रम सुरु

धनगढी । कैलाली उद्योग वाणिज्य संघले आइतबार ५० औ स्वर्ण जयन्तीको अवसरमा रक्तदान कार्यक्रम सुरु गरेको छ । 

उद्योग वाणिज्य संघले आफ्नो ५० औ स्थापना दिवसको अवसरमा आइतबार स्वर्ण जयन्ती मनाई रहेको हो । संघको ५० औ वर्ष पुरा भएको अवसरमा (आज) आइतबार विभिन्न कार्यक्रम गरी मनाइने कैलाली उद्योग वाणिज्य सघका अध्यक्ष पुष्पराज कुँवरले बताए ।

उद्योग वाणिज्य संघले स्वर्ण जयन्तीको अवसर पारेर आइतबार गरिने कार्यक्रम अनुरूप बिहान साढे ८ बजे देखी संघको कार्यकक्षमा रक्तदान भइरहेको छ भने, १० बजे चौराहाबाट प्रभात फेरी रेयाली, साढे १२ बजे स्वर्ण जयन्तीको आयोजना गर्न र साँझ ६ बजे पार्क मोडमा दीप प्रज्वलन गर्न तयारी रहेको जनाएको छ ।