कस्तो रहला आज दिनभरको मौसम ?

कस्तो रहला आज दिनभरको मौसम ?

 जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भूभागमा सोमबारको मौसममा आंशिक बदली रहनेछ ।

नेपालमा पश्चिमी न्यून चापिय रेखाको आंशिक प्रभाव रहेको मौसमविदले बताएका छन्। पहाडमा हिमपात र तराईका भूभागहरुमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

प्रदेश १ र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रदेश १ र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा सोमबार राति पनि हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ।