‘ओली दुई दलको कि एमालेको मात्र संसदीय दलको नेता भएर प्रधानमन्त्री भएका हुन्?’

‘ओली दुई दलको कि एमालेको मात्र संसदीय दलको नेता भएर प्रधानमन्त्री भएका हुन्?’

न्यायाधीश अनिलकुमार सिन्हाले केपी शर्मा ओली दुई दल (तत्कालीन माओवादी र एमाले) को कि एमालेको मात्र संसदीय दलको नेता भएर प्रधानमन्त्री भएका हुन् भनेर प्रश्न गरेका छन्। 

प्रतिनिधि सभा विघटनविरुद्ध परेको मुद्दामाथि सोमबार सरकारको तर्फबाट बहस गरिरहेका महान्यायानिधवक्ता अग्नि खरेललाई न्यायाधीश सिन्हाले ओलीलाई अहिले एउटै दलको प्रधानमन्त्री भन्न मिल्छ रु भनेर समेत प्रश्न गरे।  न्यायाधीश सिन्हाले ओली प्रधानमन्त्री नियुक्त भएको प्रक्रिया र अहिले मन्त्रिपरिषद्को निर्णयमा उल्लेख व्यहोरा फरक रहेको बताए।

‘विघटन गर्दा सिफारिस भएको पत्र अनुसार बुझिएन। २०७५–२–३ गते संसदीय दल बस्यो। ५ गते संसदीय दलको नेता छानिएको भन्नुभयो तर, जुन मितिमा पार्टी एकीकरण भएको थिएन उहाँ प्रधानमन्त्री भएको भन्नू भएको छ। अनि अहिले एउटै दलको प्रधानमन्त्री भन्न मिल्छरु’, न्यायाधीश सिन्हाले सोधे।

अहिले अदालतका बहस जारी छ। आइतबारसम्म, १३ दिन रिट निवेदकको तर्फबाट बहस भएकोमा सोमबारदेखि सरकारी पक्षको बहस सुरु भएको हो। सोमबारदेखि प्रतिनिधि सभा विघटनको निर्णय सही छ भनि महान्यायाधिवक्ता अग्नि खरेलले बहस गरेका छन्। बहसमा सहभागी हुँदै खरेलले रिट निवेदकका तर्फबाट जति समय लगाइएको छ उति नै अर्थात् १३ दिन नै आफूहरूलाई चाहिने माग गरे। इजसालमा उठेका सबै प्रश्नको जवाफ दिनुपर्ने भएको समय लाग्ने उनको दाबी छ।