मंगलबार देशको कुन ठाँउको मौसम कस्तो ?

मंगलबार देशको कुन ठाँउको मौसम कस्तो ?

काठमाडौं । मंगलबार पहाडी क्षेत्रको मौसम आंशिक बदली भइ अरु क्षेत्रमा सामान्यतया सफा रहने छ ।

पहाडी भू–भागमा अहले आशिंक बदली भएको छ भने बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो पहाडी भू–भागमा आंशिक बदली रहि बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् । प्रदेश १, सुदूरपश्चिम र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपाको संभावना छ।

यसैगरि प्रदेश ७ र अन्य पहाडी भू–भागमा आंशिक बदली रहि बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, सुदूरपश्चिम र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपाको संभावना छ।

यसैबिच प्रदेश १, सुदूरपश्चिम र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपाको संभावना रहेको साथै तराईका क्षेत्रमा हुस्सु–कुहिरो लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।