संवैधानिक निकायमा सिफारिस भएकाहरूको शपथ आजै, तयारीमा जुट्यो राष्ट्रपति कार्यालय

संवैधानिक निकायमा सिफारिस भएकाहरूको शपथ आजै, तयारीमा जुट्यो राष्ट्रपति कार्यालय

काठमाडौँ : सरकारले संवैधानिक निकायमा नियुक्तको सिफारिस गरेका व्यक्तिहरूलाई शपथ ग्रहण गराउने तयारी गरेको छ । यसअघि संवैधानिक परिषद्ले विभिन्न संवैधानिक निकायमा ४६ जना पदाधिकारी नियुक्तिको सिफारिस गरेको थियो । 

राष्ट्रपति कार्यालय स्रोतका अनुसार संवैधानिक अंगमा नियुक्तको सिफारिस व्यक्तिहरूलाई आजै शपथ ग्रहण गराउने तयारी भइरहेकाे छ । सिफारिस भएका व्यक्तिहरूले राष्ट्रपति कार्यालयमा शपथ लिने भएका छन् ।