धनगढी । नेकपाको दाहाल-नेपाल निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले बुधबार साँझ धनगढीमा राँके जुलुस निकालेको छ । पार्कमोडबाट सुरु भएको राँके जुलुस एलएनचोकमा समापन भएको हो ।
प्रतिनिधिसभा विघटन र प्रधानमन्त्रीको कदमको विरोध गर्दै उनीहरुले जुलुस निकालेका हुन् । 'भोलि बन्द सफल पारौं, केपी ओली मुर्दावाद, प्रतिगमन मुर्दावाद' लगायतको नारासहित उनीहरुले राँके जुलुस निकालेका थिए ।
नेकपा दाहाल–नेपाल पक्षले बुधबार पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै पूर्व निर्धारित कार्यक्रमलाई परिमार्जन गरेर बिहीबार आम हड्तालको घोषणा गरेको पूर्व सन्ध्यमा राँके जुलुस निकालिएको हो ।