प्रतिगमनका विरुद्धमा अनेरास्ववियु र युवा सङ्घ द्वारा  धनगढीमा मसाल जुलुस

प्रतिगमनका विरुद्धमा अनेरास्ववियु र युवा सङ्घ द्वारा  धनगढीमा मसाल जुलुस

धनगढी । नेपाल कम्युनिस्ट पार्टी (प्रचण्ड–माधव) समूह अन्तरगतको अनेरास्ववियु र युवा संघले संयुक्त रूपमा बिहीबार गरेको देश व्यापी आमहड्तालको पूर्व सन्ध्यामा धनगढीमा मसाल जुलुस निकालेको छ । पार्क मोडबाट सुरु भएको मसाल जुलुस एलएनचोकमा समापन भएको हो । 

भोलि विद्यालय, कारखाना, सार्वजनिक क्षेत्र र यातायात पनि ठप्प पारिने  (प्रचण्ड–माधव) समूहका  अनेरास्ववियु सचिवालय सदस्य युवराज कुवरले जनाकारी दिए । 

No description available.

काम चलाऊ बनिसकेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संवैधानिक नियुक्ति गरेको भन्दै  (प्रचण्ड–माधव) समूह हडतालमा उत्रिएको हो । मसाल जुलुसमा सुदूरपश्चिम प्रदेशमा पूर्व सामाजिक विकास मन्त्री लगायत युवाहरूको सहभागिता रहेको थियो । 

No description available.