प्रचण्ड–नेपाल पक्षको बन्दले धनगढीको मुख्य बजार ठप्प

प्रचण्ड–नेपाल पक्षको बन्दले धनगढीको मुख्य बजार ठप्प

धनगढी । नेकपा प्रचण्ड–नेपाल पक्षले गरेको आमहड्तालका कारण धनगढीको मुख्य बजार ठप्प छ । प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदम तथा नियुक्तिका विरुद्ध गरिएको आमहडतालका कारण यहाँको बजार ठप्प भएको हो ।

धनगढीको मुख्य बसपार्क, एलएन चोक र क्याम्पस चोक लगायतका ठाउँमा रहेका पसलहरु पुर्ण रुपमा ठप्प रहेका छन । सधै झै भिडभाड देखिने पसलहरु आजको आमहड्तालका कारण सुनसान देखिएका हुन ।

बन्दका कारण लामो तथा छोटो दुरीका यातायातका साधनहरु चल्न सकेका छैनन् भने शैक्षिक संस्था, सार्वजनिक यातायता सेवा लगायत पनि बन्द छन् ।

नेकपा प्रचण्ड–नेपाल समूहका नेता तथा कार्यकर्ता विहानै देखि चोकचोकमा भेला भएका छन भने बन्दकर्ताले धनगढीका विभिन्न चौकमा टायर बालेर विरोध प्रदर्शन गरिरहेका छन ।