बाजुरा । बाजुरामा घरमा आगलागी हुँदा झण्डै ५ लाख बराबरको क्षति भएको छ।
जिल्लाको त्रिवेणी नगरपालिका–९ मलालगाउँका स्थानीय रंग विष्टको घरमा आगलगी भएको प्रहरीले जनाएको छ।
आगलागीबाट घरमा रहेको नगद डेढ लाख रुपैँया, सुन र अन्य लत्ताकपडा, धान, गहुँ, कोदो लगायतका सामान जलेर करिब ५ लाखको क्षति भएको बताइएको छ।