प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आजपनि सुनुवाइ

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आजपनि सुनुवाइ

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आज पनि बहस जारी रहने भएको छ । यसअघि शुक्रबार सरकारका तर्फबाट सहन्यायाधिवक्ताहरु सञ्जीवराज रेग्मी, लोकनाथ  पराजुली र खेमराज ज्ञवालीले बहस गरेका थिए भने उनीहरुले प्रतिनिधिसभा विघटन गर्ने अन्तनिर्हित अधिकार प्रधानमन्त्रीलाई भएको तर्क गरेका थिए ।

यसअघि सरकारी पक्षबाट महान्यायाधिवक्ता अग्निप्रसाद खरेल, प्रधानमन्त्रीका तर्फबाट सुशील पन्त, नायब महान्यायाधिवक्ताहरु पद्मप्रसाद पाण्डे र नारायण पौडेलले बहस गरेका थिए । आज हुन लागेको १९ औं बहस हो भने सरकारी वकिलहरुले नै बहसलाई निरन्तरता दिनेछन् । निट निवेदकको तर्फबाट ६८ कानुनव्यवसायीले बहस सकिसकेका छन् ।  

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ । यही माघ ४ गतेदेखि संवैधानिक इजलासमा विषय केन्द्रित बहस शुरु भएको थियो ।