कञ्चनपुरमा विद्युतीय पासोमा परिएर एक जनाको मृत्यु

कञ्चनपुरमा विद्युतीय पासोमा परिएर एक जनाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा विद्युतीय पासोमा परिएर एक जनाको मृत्यु भएको छ । 

जिल्लाको भीमदत्त नगरपालिका १० तिल्केनीमा छाडा पशुचौपायाबाट हिउँदे बाली जोगाउन खेतबारीमा ओछ्याइएको विद्युतीय पासोमा परिएर एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता एंव प्रहरी नायव उपरीक्षक अमर थापा श्रेत्रीका अनुुसार आइतबार तिल्केनी बस्ने शिव लुहारको १८ वर्षिय छोरा अनिल लुहारको सो विद्युतीय पासोमा परेर मृत्यु भएको हो।

प्रहरी नायव उपरीक्षक थापाले छाडा चौपायाबाट जोगाउन घरसहित खेतबारी नांगो विद्युतीय तारले घेरिएको पाइएको बताए। लुहारको हात र घाँटीमा पोलेको जस्तो देखिएको र थप अनुसन्धान जारी रहेको उनले जनाए।

घरमा एक्लै भएको अवस्थामा घटना घटेको बताउँदै प्रहरी नायव उपरीक्षक थापाले घटनाबारे प्रहरीलाई छिमेकीले जानकारी दिएको उल्लेख गरे।