कञ्चनपुरकी नम्रता भईन देशव्यापी निबन्ध प्रतियोगितामा प्रथम, प्रधानमन्त्रीले दिए पुरस्कार

कञ्चनपुरकी नम्रता भईन देशव्यापी निबन्ध प्रतियोगितामा प्रथम, प्रधानमन्त्रीले दिए पुरस्कार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोजना गरेको निबन्ध प्रतियोगितामा कञ्चनपुरकी नम्रता पौडेल प्रथम भएकी छन्।

आयोगले ३० औं स्थापना दिवसका अवसरमा गरेको निबन्ध प्रतियोगितामा जिल्लाको बागेश्वरी माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत पौडेल प्रथम भएकी हुन्।

पौडेललाई बुधबार आयोजित सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमाणपत्रसहित पुरस्कार प्रदान गरेका थिए। उनी आयोगले सातवटै प्रदेश कार्यालयबाट गरेको देशव्यापी निबन्ध प्रतियोगितामा प्रथम भएकी हुन्।