सुदूरपश्चिम प्रदेश लिगको पहिलो खेल आजः स्टार सिटी र दीपज्योती भिड्दै

सुदूरपश्चिम प्रदेश लिगको पहिलो खेल आजः स्टार सिटी र दीपज्योती भिड्दै

सुदूरपश्चिम प्रदेश लिगको पहिलो खेल आज हुदैछ । अखिल नेपाल फुटबल संघको कार्यक्रम अन्तर्गत सुदूरपश्चिम प्रदेश फुटबल संघको आयोजनामा कैलाली र कञ्चनपुरका जिल्ला च्याम्पीयन टोलीहरु बीच प्रदेश लिगको पहिलो खेल आज हुन लागेको हो । 

एन्फा अन्तर्गत आबद्ध रहेका कैलालीको जिल्ला च्याम्पीयन निसर्ग स्टार सिटी युवा क्लब र कञ्चनपुरको जिल्ला च्याम्पीयन दीपज्योती युवा क्लबले होम एण्ड अवेको आधारमा उपाधिका लागि एक आपसमा प्रतिस्पर्धा गर्न लागेका छन् ।

आज दुबै टोलीले महेन्द्रनगर रंगशालामा प्रतिस्पर्धा गर्नेछन् । अर्को खेल धनगढीको जुगेडामा रहेको मनकामना युवा क्लबको मैदानमा शनिबार खेल्नेछन् । प्रदेश लिगको उपाधि जित्ने टोलीले सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्दै एन्फा प्रेसिडेन्ट कपमा सहभागीता जनाउनेछ ।

होम एण्ड अवेका आधारमा प्रदेशका दुई जिल्लाका च्याम्पीयन टीमहरुका बीचमा प्रदेश लिग हुनेछ । सुदूरपश्चिम प्रदेशमा एन्फामा आबद्ध दुई वटा जिल्ला संघ रहेका छन् । कैलाली र कञ्चनपुरमा रहेका जिल्ला च्याम्पीयनहरुले प्रदेश लिगमा सहभागीता जनाउनेछन् ।  कैलालीबाट जिल्ला च्याम्पीयन स्टार सिटी युवा क्लब भएको छ भने कञ्चनपुरबाट दिपज्योती युवा क्लब भएको छ ।

सुदुरपश्चिम प्रदेश लिग विजेता टोलीले देशका सात वटै प्रदेशका विजेताहरु बीचमा हुने प्रेसिडेन्ट कप खेल्नेछ । त्यसमा उत्कृष्ट चारमा पर्न सफल भएका चार प्रदेशहरुले राष्ट्रिय लिगमा सहभागीता जनाउनेछन् । सहिद स्मारण ए डिभिजन लिगका उत्कृष्ट ६ र प्रेसिडेन्डट कपका उत्कृष्ट चार गरी १० क्लबले राष्ट्रिय लिगमा सहभागीता जनाउने एन्फाले जनाएको छ ।