जिल्ला अदालत कैलालीको बार इकाई अध्यक्षमा सिद्धराज ओझा

जिल्ला अदालत कैलालीको बार इकाई अध्यक्षमा सिद्धराज ओझा

धनगढी।  कैलाली जिल्ला अदालत बार इकाईको अध्यक्षमा सिद्धराज ओझा विजयी भएका छन्। शनिवार भएको निर्वाचनबाट ओझा विजयी भएका हुन्।

नेपाल लयर्स एशोसियशनबाट अध्यक्षमा ओझा र सचिवमा प्रेम बहादुर शाही विजयी भएका छन्। नेपाल लयर्स एशोसियशनबाट दुई पदमा विजयी भएपनि अन्य पदमा भने नेपाल डेमोक्रेटिक लयर्स एशोसियशनले विजयी प्राप्त गरेको छ। कैलाली जिल्ला अदालत बार इकाईमा ९२ भोट भएपनि ओझाले एक भोटले मात्र विजयी हासिल गरेका हुन्।

ओझाका प्रतिद्धन्दी भरतबहादुर सिंह एक भोटले पराजित हुनु पर्यो।नेपाल डेमोक्रेटिक लयर्स एशोसियशनबाट उपाध्यक्षमा लेकबहादुर चौधरी,कोषाध्यक्षमा किशोर कुमार चौधरी विजयी भएका छन्। यस्तै सदस्यमा इन्द्र प्रसाद लेखक, पारस बस्नेत, काशीराम चौधरी, सुभाशचन्द्र उपाध्याय, शिवचरण चौधरी, नैनबहादुर बडायक, तारानाथ चौधरी र मिनप्रसाद बोगटी सदस्यमा विजयी भएका छन्।