निर्वाचन आचारसंहिताबारे प्रमुख दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग

निर्वाचन आचारसंहिताबारे प्रमुख दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोगले आज प्रमुख दलहरूसँग निर्वाचन आचारसंहिताबारे परामर्श गर्दैछ ।

निर्वाचन सम्बन्धी आचारसंहिताको मस्यौदा बनाइसकेकाले त्यसबारे संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने दलसँग परामर्श गर्न लागिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

यसका लागि बिहान साढे ११ बजे आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, राप्रपालगायतका प्रतिनिधिलाई आमन्त्रण गरेको छ ।

पुस ५ मा प्रतिनिधिसभा भंग भएपछि घोषणा गरिएको वैशाखको मध्यावधि चुनावको तयारी निर्वाचन आयोग लागेको छ । तर सर्वोच्च अदालतमा प्रतिनिधिसभा भंग गरिएको विषय विचाराधीन अवस्था छ ।