बैतडीमा कांग्रेसको सभामा आक्रमण ओलीको हतास मनस्थितिको उपज : गगन थापा

बैतडीमा कांग्रेसको सभामा आक्रमण ओलीको हतास मनस्थितिको उपज : गगन थापा

नेपाली कांग्रेसका नेता गगन थापाले बैतडीमा मंगलवार भएको घटना प्रधानमन्त्री केपी शर्मा ओलीको हतार मनस्थितिको उपज भएको टिप्पणी गरेका छन् । 

बुधवार बिहान सामाजिक सञ्जाल फेसबूकमार्फत उनले बैतडीमा एनपी साउद र डिला संग्रौला सहभागी भएको कांग्रेसको सभालाई लक्षित गरी ओली पक्षका कार्यकर्ताले गरेको आक्रमण निन्दनीय भएको समेत बताएका छन् । 

मंगलवार साउद र संग्रौला सहभागी कांग्रेसको सभालाई लक्षित गरी ओली पक्षका कार्यकर्ताले आक्रमण गरेको उनको आरोप छ । 

उनले भनेका छन्,'हिंसा कायरहरूको हतियार हो।निषेध र आक्रमणको यो शैली सत्ता-शक्तिको उन्माद र ओलीको हतास मनस्थितिको उपज हो। वैधता र  वैधानिकता दुवै गुमाएको ओली सरकारको पतन अव धेरै टाढा छैन।'