महेन्द्रनगरको एक होटलमा झुण्डिएको अवस्थामा कामदार मृत फेला

महेन्द्रनगरको एक होटलमा झुण्डिएको अवस्थामा कामदार मृत फेला

कञ्चनपुर । कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा एकजना कामदार मृत अवस्थामा फेला परेका छन्।

बसपार्कस्थित शिगास दर्शन होटल एण्ड लजमा त्यही कार्यरत मजदुर मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

मृत फेला पर्नेमा डोटी घर भएका अन्दाजी ६० वर्षीय दलबहादुर पार्की रहेको कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले दिनेशखबरलाइ बताए।

उनकाअनुसार पार्की होटलको आफू सुत्ने कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्। उनको शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको बताउँदै प्रहरी नायब उपरीक्षक थापाले घटनाबारे थप अनुसन्धान भइरहेको बताए।