आईपीएल इतिहासकै सबैभन्दा महँगा खेलाडी बने क्रिस मरिस

आईपीएल इतिहासकै सबैभन्दा महँगा खेलाडी बने क्रिस मरिस

भारतकाे टी–२० क्रिकेट लिग इण्डियन प्रिमियर लिग (आईपीएल) का लागि खेलाडीकाे अक्शन सुरु भएकाे छ । चेन्नईमा चलिरहेकाे यसपालिकाे अक्शनमा ६१ खेलाडी छानिएका छन् ।

अहिलेसम्मकाे अक्शनमा दक्षिण अफ्रिकाका क्रिस मरिस सबैभन्दा महँगा खेलाडी बनेका छन् । उनलाई राजस्थान राेयल्सले १६ कराेड २५ लाख भारुमा लिएकाे हाे । याे आईपीएल इतिहासमा अहिलेसम्मकै सबैभन्दा महँगाे अनुबन्ध हाे । 

उनीपछि अस्ट्रेलियाका ग्लेन म्याक्सवेल सबैभन्दा महँगाे साबित भए । उनलाई राेयल च्यालेन्जर्स बेङ्गलाेरले १४ कराेड २५ लाख भारुमा अनुबन्ध गरेकाे हाे । 

याे संस्करणकाे अनुबन्धमा सबैभन्दा पहिला भारतका करुण नायरकाे नाम आएकाे थियाे तर उनलाई कुनै टिमले अनुबन्ध गरेन ।