कञ्चनपुरमा भन्सार छली ल्याइएको ८९ हजार बढीको अवैध सामान बरामद

कञ्चनपुरमा भन्सार छली ल्याइएको ८९ हजार बढीको अवैध सामान बरामद

कञ्चनपुरमा ८९ हजार रुपैयाँ बढीको अवैध सामान बरामद गरिएको छ।  भन्सार छली ल्याइएको ८९ हजार ८ सय बढीको सामान प्रहरीले बरामद गरेको हो। 

जिल्लाका विभिन्न स्थानबाट मोटरसाइकलसहित गुड, बोइलर कुखुरा र माछा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाक्षेत्रीले बताए। 

बरामद गरिएको सामान आवश्यक कारवाहीका लागि सम्बन्धित कार्यालयमा पठाएको उनले बताए।