शुक्रवार राति कञ्चनपुरका छुट्टा छुट्टै २ स्थानमा आगलागी

शुक्रवार राति कञ्चनपुरका छुट्टा छुट्टै २ स्थानमा आगलागी

कञ्चनपुर । कञ्चनपुरमा शुक्रवार राति २ छुट्टा छुट्टै स्थानमा आगलागी भएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार जिल्लाको बेलडाँडी गाउँपालिका ५ इमालियामा साँझ ६ बजे स्थानीय सोनुराम चौधरीको २ कोठे कच्ची घरमा आगलागी भएको छ।

भान्साबाट सल्को आगोले घरमा आगलागी भएको हो। आगलागीबाट ५ बोरा धान, १ बोरा कपास जलेर नष्ट भएको प्रहरीले जनाएको छ। स्थानीय र प्रहरीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको थियो।

यस्तै शुक्रवार राति ८ बजेतिर जिल्लाको बेदकोट नगरपालिका ७ गौजी बस्ने स्थानीय दिवानी सुनारको घरको आँगनमाा राखिएको परालमा आगलागी भएको थियो। आगलागीबाट मानवीय र पशुजन्य क्षति नभएको प्रहरीले जनाएको छ।