के जाडोमा मर्निङ वाक जाने गर्नुभएको छ ? यस्ता सावधानी अपनाउनुहोस् !

के जाडोमा मर्निङ वाक जाने गर्नुभएको छ ? यस्ता सावधानी अपनाउनुहोस् !

व्यायाम वा मर्निङ वाक स्वास्थ्यका लागि निकै फाइदाजनक हुने कुरामा कुनै दुई मत छैन । तर जाडो मौसममा व्यायामवा मर्निङ वाक गर्नु हानीकारक हुन्छ भन्ने धेरैलाई थाहा नहुन सक्छ । मुटुरोगी, हृद्धयघात, अनियन्त्रित रक्तचाप, मधुमेह, उच्च कोलस्ट्रोल, दीर्घरोगी, दमका रोगी तथा शारीरिक रुपले निस्क्रिय भएका पाका व्यक्तिहरुले चिसो मौसममा व्यायाम वा मर्निङ वाक गर्दा स्वास्थ्यमा थप जटिलता देखिन सक्छ । त्यसैले यस्ता व्यक्तिले केही सावधानी अपनाउनुपर्ने हुन्छ ।

जाडो याममा हाम्रो शरीरमा विभिन्न किसिमका हर्मोनको मात्रा वृद्धि हुने भएकाले रगतको भिस्कोसिटी (बाक्लोपना) बढ्छ । तर, चिसोका कारण रक्तनली भने खुम्चन्छ । यसले रक्तप्रवाह असामान्य भई मुटुमा अक्सिजनको कमी हुन्छ । परिणाम स्वरुप मुटुले सामान्य अवस्थामाभन्दा बढी काम गर्नुपर्छ, जसले रक्तनलीमा रगत जमेर हृद्धयघात र मस्तिष्कघात समेत हुनसक्छ । प्रायः मानिसले पाँचदेखि सात बजेको बीचमा मर्निङ वाक गर्ने गरेका छन् । तर विहानीपख विशेषगरी जाडो याममा वायुमण्डलमा बढी प्रदुषण हुन्छ । यस हिसाबले हाम्रो वातावरण पनि मर्निङ वाक गर्न उपयुक्त छैन ।

त्यसैले पनि चिकित्सकहरुले वाकिङ वा व्यायाम गर्न चिसोमा बाहिर निस्कनुभन्दा घरभित्रै गर्न सुझाव दिने गरेका छन् ।

चिसोमा मर्निङवाक गर्दा यी कुरामा ध्यान दिनुहोस्