विद्यालयमै बालिकामाथि बलात्कार गरेको आरोपमा डडेल्धुरामा शिक्षक पक्राउ

विद्यालयमै बालिकामाथि बलात्कार गरेको आरोपमा डडेल्धुरामा शिक्षक पक्राउ

डडेल्धुरा । विद्यालयमै १० वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ छन्।

डडेल्धुरामा को गन्यापधुरा गाउँपालिका वडा नम्बर ४ को भुवनेश्वरी माध्यमिक विद्यालयमा कक्षा २ मा अध्ययनरत १० वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा शिक्षक देवीलाल भट्टलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।  

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले भट्टलाई आइतबार पक्राउ गरि अनुसन्धान भइरहेको जानकारी दिनुभएको छ ।