कञ्चनपुरको बेलौरीमा फरुवा प्रहार गरी महिलाले गरीन् आफ्नै श्रीमानको हत्या

कञ्चनपुरको बेलौरीमा फरुवा प्रहार गरी महिलाले गरीन् आफ्नै श्रीमानको हत्या

कञ्चनपुर । कञ्चनपुरमा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छिन् । बेलौरी नगरपालिका–६ भुरकोटकी एक महिलाले फरुवा प्रहार गरी आफ्नै श्रीमानको हत्या गरेकी हुन । 

२८ वर्षीया वसन्ती चौधरीले मंगलबार बिहान आफ्ना पति ३० वर्षीय ओमकुमार चौधरीको हत्या गरेको कञ्चनपुर प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार वसन्ती फरुवा प्रहार गरी पति ओमकुमारको हत्या गरेकी हुन् । घरायसी विवादका क्रममा झगडा भएको थियो । सोही क्रममा  वसन्तीले श्रीमानलाई फरुवा प्रहार गरेकी थिइन् । घटनास्थलमै ओमकुमारको ज्यान गएको थियो । 

घटनाको जानकारी पाएपछि प्रहरी घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।   मृतक ओमकुमारको टाउकोमा चोट देखिएको र वसन्तीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।