प्रचण्ड–नेपाल समूहले देशभर विजय जुलुस निकाल्दै

प्रचण्ड–नेपाल समूहले देशभर विजय जुलुस निकाल्दै

प्रतिनिधिसभा विघटनको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेसँगै नेकपाको प्रचण्ड–नेपाल समूहले देशभर विजय जुलुस निकाल्दै छ ।

काठमाण्डौ उपत्यकाबाहिर अहिले ८ बजेदेखि विजय जुलुस निस्कने यो समूहको केन्द्रीय संघर्ष समितिले जनाएको छ । काठमाण्डौमा भने दिउँसो १२ बजे शान्तिवाटिकामा विजय जुलुस हुने समितिले जनाएको छ ।

शान्तिवाटिकाको जुलुसमा यो समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ’प्रचण्ड’ र माधवकुमार नेपाल सहभागी हुने सम्भावना रहेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिनुभयो । उहाँहरु दुवै अध्यक्षहरू अहिले चितवनमा हुनुहुन्छ ।