सुकरातको एक प्रेरक प्रसंग

सुकरातको एक प्रेरक प्रसंग

सुकरात जेलमा विषको प्याला पिएर मर्नै लागेका थिए ।

एक शिष्यले सोधे— ‘प्रभु ! तपाईंको मृत शरीरलाई नुहाउने र कफन ओढाउने गरेपछि कहाँ गाड्ने ? जुन मैले चाहेको बेला पाउन सकूँ ।’

सुकरात मुस्कुराउँदै बोले— ‘शिष्य ! यदि तिमीले मलाई पाउन सक्छौ भने जहाँ चाहन्छौ त्यहीँ गाड । तर मैले जीवनमा स्वयम् आफूलाई पाउन सकिनँ भने तिमीले मेरो मृत्युपछि मलाई कसरी पाउन सक्छौ ? अन्तिम समयमा मलाई लाग्दैछ, आफ्नो बारेमा रौँ बराबर ज्ञान नभई म बाँचेँ ।’

‘विश्वका उत्कृष्ट प्रेरक प्रसंगहरु’ पुस्तकबाट