फ्युचर इन्टरप्रिनर क्लबको आयोजनामा धनगढीमा वक्तृत्वकला प्रतियोगिता हुने

फ्युचर इन्टरप्रिनर क्लबको आयोजनामा धनगढीमा वक्तृत्वकला प्रतियोगिता हुने

धनगढी ।  धनगढीमा वक्तृत्वकला प्रतियोगिता हुने भएको छ। फ्युचर इन्टरप्रिनर क्लबको आयोजनामा यही फागुन २५ गतेदेखि वक्तृत्वकला प्रतियोगिता हुन लागेको हो। 

प्रतियोगितामा धनगढीमा अध्यायन गर्ने प्रविणता र स्नातक तहका विद्यार्थीहरुले सहभागिता जनाउन पाउने भएका छन्। नास्ट कलेजमा तीन चरणमा हुने वक्तृत्वकलाको पहिलो चरण यही २५ गते धनगढीमा हुने आयोजकले बताएको छ। 

अन्य चरणहरुको मिति पनि सोही दिन तोकिने छ। प्रतियोगिताको बिजेताले २० हजार पुरस्कार पाउने छ।