अछाममा ३७ हजार बढीलाई कोरोनाविरुद्धको खोप लगाइने

अछाममा ३७ हजार बढीलाई कोरोनाविरुद्धको खोप लगाइने

आजबाट सुरु भइरहेको कोरोना भाइरसविरुद्धको दोस्रो चरणको खोप अभियान अन्तर्गत अछामका ३७ हजार बढी नागरिकलाई खोप लगाइने भएको हो ।

यतिबेला १४ हजार डोज खोप आइपुगेकाले ५ स्थानीय तहलाई पुग्ने र यी स्थानीय तहका प्रत्येक स्वास्थ्य संस्थामा ५५ वर्षभन्दा माथि उमेर समुहका नागरिकलाई खोप दिईने बताइएको छ । त्यस्तै बाँकी ५ स्थानीय तहमा पनि फेरी खोप आउने बित्तिकै अभियान सञ्चालन गरिने भनिएको छ ।

यसैबीच जिल्ला खोप समन्वय समितीका संयोजक तथा प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्लको अध्यक्षतामा खोप अभियानबारे मंगलसेनमा जिल्लास्तरीय अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम समेत गरिएको जनाइएको छ।