उपराष्ट्रपति पुत्रको चेतावनी-'एकताबाहेक एमालेसँग गठबन्धन गरे नेतालाई कालोमोसो दल्छौँ'

उपराष्ट्रपति पुत्रको चेतावनी-'एकताबाहेक एमालेसँग गठबन्धन गरे नेतालाई कालोमोसो दल्छौँ'

सर्वाेच्च अदालतको फैसलाले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) पूर्ववत् पार्टी एमाले र माओवादीमा फर्किएको छ । 

पार्टी एकतापछि विभिन्न समूह बनाएर शक्ति संघर्षमा रहेका नेकपाका नेता कार्यकर्ताहरु पूर्ववत् अवस्थामा फर्किन बाध्य भएका छन् । 

दुवै पक्षका नेता कार्यकर्ताहरूले विभिन्न खालका प्रतिक्रियाहरु दिइरहेका छन् । यसै बीच उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनले अब माओवादीले एमालेसँग सत्ता गठबन्धन कुनैपनि हालतमा बनाउन नहुने चेतावनी दिएका छन् । 

मंगलबार बिहान फेसबुकमा लेख्दै विद्यार्थी नेता रहेका पुनले पार्टी एकता बाहेक माओवादी र एमालेबीच सत्ता गठबन्धन लाग्ने माओवादीका नेतालाई सडकमा ल्याएर कालोमोसो दल्ने चेतावनी दिएका हुन् । 

‘पार्टी एकता बाहेक माओवादी र एमालेबीच सत्ता गठबन्धन बनाउन माओवादी केन्द्रका जो कोही नेताहरु लाग्छन् भने तिनीहरुलाई सडकमा ल्याएर कालो मोसो दलिन्छ’ पुनले लेखेका छन् ।