धनगढीको फुलवारीमा आजबाट फुटबल प्रतियोगिता सुरु, १६ वटा टिमको सहभागिता

धनगढीको फुलवारीमा आजबाट फुटबल प्रतियोगिता सुरु, १६ वटा टिमको सहभागिता

धनगढी । धनगढीमा आजदेखी शिवरात्रीको अवसरमा बृहत फुटबल प्रतियोगिता सञ्चालन भएको छ । महाशिवरात्रीको अवसरमा धनगढी उपमहानगरपालिका वडा नम्बर १४ मा रहेको शिवशक्ति युवा क्लवले फुटबल प्रतियोगिताको आयोजना गरेको क्लवका उपाध्यक्ष यादव शर्माले जानकारी दिनुभयो ।

क्लवका अध्यक्ष हर्क घिमिरेको अध्यक्षतामा मंगलबार सम्पन्न उद्घाटन कार्यक्रमका प्रमुख अतिथि धनगढी उपमहानगरपालिकाका नगरप्रमुख नृप बहादुर वड रहनुभएको थियो । एक कार्यक्रमकाबीच धनगढी उपमहानगरपालिकाका नगरप्रमुख नृप बहादुर वडले प्रतियोगिताको उद्घाटन गर्नुभएको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख वडले उक्त प्रतियोगिता सञ्चालनका लागि २ लाख ५१ हजार सहयोग गरेको बताउनुभयो । त्यसका साथै उहाँले आगामी दिनमा धनगढीलाई खेलकुदमय बनाउने समेत प्रतिवद्धता व्यक्त गर्नुभएको छ । प्रतियोगितामा जिल्ला भरीका १६ वटा टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेतालाई ५५ हजार पाँच सय ५५ र मेडल तथा ट्रफि, उपविजेतालाई २५ हजार पाँच सय ५५ र मेडल तथा ट्रफि र प्रत्येक खेलको मुल्याङ्कनका आधारमा बेस्ट प्लेयर, उत्कृष्ट गोल रक्षकलाई समेत पुरस्कृत गरिने क्लवका उपाध्यक्ष शर्माले जानकारी दिनुभएको छ ।

May be an image of 7 people, people standing and outdoors