लोक सेवा आयोगद्वारा भारि संख्यामा कर्मचारी माग (सुचिसहित)

लोक सेवा आयोगद्वारा भारि संख्यामा कर्मचारी माग (सुचिसहित)

लोक सेवा आयोगले खरिदार पदमा कर्मचारी माग गरेको छ । आयोगले विज्ञापन प्रकाशन गर्दै कर्मचारीको आह्वान गरेको हो । 

आयोगले राजपत्र अनंकित द्वितीय श्रेणी (अप्राविधिक) खरिदार पदका लागि न्याय, प्रशासन र व्यवस्थापिका सेवाको न्याय, सरकारी वकिल, सामान्य प्रशासन र लेखा समूहतर्फ आन्तरिक, खुल्ला र समावेशी गरि ठूलो संख्यामा आवेदन माग गरेको छ । 

दरखास्त दिने अन्तिम मिति चैत्र १७ गतेसम्म रहेको छ । दोब्बर दस्तुर तिरेर २४ गतेसम्म फाराम भर्न सकिने विज्ञानपनमा उल्लेख गरिएको छ । 

१८ वर्ष उमेर पुरा भई ३५ वर्ष ननाघेको र महिला तथा अपांगताको भएका उम्मेदवारहरूको हकमा ४० वर्ष ननाघेको हुनुपर्नेछ।