स्थापना दिवसको अवसरमा रेडक्रस सोसाइटी धनगढीद्धारा प्रभात फेरी

स्थापना दिवसको अवसरमा रेडक्रस सोसाइटी धनगढीद्धारा प्रभात फेरी

नेपाल रेडक्रस सोसाइटी धनगढीले ५०औं स्वर्ण जयन्तीको अवसरमा प्रभात फेरी निकालेको छ।  शाखाले स्थापना दिवसका अवसरमा मनाइरहेको स्वर्ण जयन्ती समारोहका रुपमा मनाउने कार्यक्रम अनुसार धनगढीमा प्रभात फेरी निकालेको हो। 

५०औं स्वर्ण जयन्तीको अवसरमा रेडक्रसका जन्मदाता जँ हेनरी ड्युनाको अर्धकदको शालिकको अनावरण गरिने कार्यक्रम पनि तय भएको छ भने सम्मानको कार्यक्रम पनि राखिएको छ। 

नेपाल रेडक्रस सोसाइटी २०२० देखि नै विभिन्न मानवीय सेवामूलक कार्यहरु सञ्चालन गर्दै आइरहेको छ।  नेपाल रेडक्रसको स्थापना भएको करिब ७ वर्षपछि कैलालीमा २०२७ फागुन २६ गते शाखाको स्थापना भएको हो।