धनगढीकी सरस्वती चौधरी प्रधानमन्त्री कपमा सर्वोत्कृष्ट

धनगढीकी सरस्वती चौधरी प्रधानमन्त्री कपमा सर्वोत्कृष्ट

सातौं संस्करणको प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगितामा सरस्वती चौधरी सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छिन् । नेपालगञ्जमा मंगलबार सम्पन्न प्रतियोगितामा एपीएफ क्लबकी सरस्वती सर्वोत्कृष्ट खेलाडी घोषित भएकी हुन् ।

धनगढी घर भएकी चौधरीले एपीएफ क्लबलाई उपाधि दिलाउन उत्कृष्ट प्रर्दशन गरेकी थिईन् । सर्वोत्कृष्ट खेलाडी भएसँगै सरस्वतीले २५ हजार प्राप्त गरिन् ।

यस्तै, व्यक्तिगत विधातर्फ उत्कृष्ट स्पाइकर पुलिसकी उषा भण्डारी, ब्लकर एपीएफकी हिरा के।सी, सेटर पुलिसकी कमला पुन, लिब्रो न्यु डाइमण्डकी सलिना श्रेष्ठ, सर्भर प्रतिभा माली र प्रशिक्षक एपीएफका महेश चौधरी चुनिए ।