भागरथीको बलात्कार तथा हत्या आरोपी दिनेशलाई सुधारगृह पठाइयो

भागरथीको बलात्कार तथा हत्या आरोपी दिनेशलाई सुधारगृह पठाइयो

बैतडी । बैतडीकी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोग लागेका दिनेश भट्टलाई पुर्पक्षका लागि सुधारगृहमा पठाइएको छ । जिल्ला अदालत बैतडीले १६ वर्षका दिनेशलाई पुर्पक्षका लागि सुधारगृहमा राख्न आदेशसँगै उनलाई डोटीको दिपायलमा रहेको सुधारगृहमा पठाइएको हो ।

सरकारी वकिलको कार्यालयले भट्टलाई अदालत पेस गरेकोमा अदालतले उनलाई सुधारगृह लैजान आदेश दिएको हो ।बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकीमा रहेको सनातन धर्म माविमा कक्षा १२ मा पढ्ने भागरथीलाई त्यसै विद्यालयमा पढ्ने दिनेशले बलात्कारपछि हत्या गरेको अभियोग लागेको छ ।

भागरथीको शव गएको माघ २३ गते चडेपानीकै खोचलेक–चडेपानी ग्रामीण सडकको लवलेक जङ्गलमा भेटिएको थियो ।