आर्मीविरुद्ध पारस खड्काको शतक

आर्मीविरुद्ध पारस खड्काको शतक

राजधानीमा जारी काठमाडौं मेयर्स कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा पारस खड्काले शतक प्रहार गरेका छन् । उनले त्रिभुवन आर्मी क्लबविरुद्ध शतक प्रहार गरेका हुन् ।

आज त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको वाग्मती प्रदेशका लागि पारसले शतक बनाएका हुन् । पारसले १२२ बलमा ९ चौका र २ छक्का प्रहार गर्दै १०० रन पूरा गरे ।