नयाँ साथी खोज्दै हिँड्दा पुराना छुटे, अब आफ्नै शक्तिमा क्रान्ति गर्ने पक्षमा छु : प्रचण्ड

नयाँ साथी खोज्दै हिँड्दा पुराना छुटे, अब आफ्नै शक्तिमा क्रान्ति गर्ने पक्षमा छु : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि एक पटक आफ्नै शक्ति र आफ्नै खुट्टामा उभिएर क्रान्ति गर्ने पक्षमा रहेको बताएका छन् ।

आन्दोलनका उपलब्धीमाथि देशभित्र र बाहिरबाट ठूलै षड्यन्त्र भइरहेको भन्दै उनले त्यसलाई परास्त गर्न लडाईं लड्ने बताएका हुन् । बिहीबार पेरिसडाँडामा आयोजित नयाँ नमुना स्वास्थ्यकर्मी संघ नेपालको राष्ट्रिय भेलामा बोल्दै उनले यस्तो भनेका हुन् । 

उनले भन, ‘फेरि २/४ वर्ष जनताका बीचमा गएर अभियान सञ्चालन गर्ने मनस्थितिमा छु, किनभने प्रतिक्रियावादीहरुले देशभित्रका र बाहिरकाले निकै ठूलो षड्यन्त्र गरे हाम्रो राष्ट्र, हाम्रो आन्दोलन र उपलब्धीमाथि धावा बोल्ने कोसिश गरेका छन् ।’ 

साथै नयाँ साथी खोज्दै हिँड्दा पुराना साथी छुटेको भन्दै यसलाई सुधार गर्ने पनि बताएका छन् ।