मेयर्स कपमा वाग्मतीविरुद्ध विनोद भण्डारीको शतक

मेयर्स कपमा वाग्मतीविरुद्ध विनोद भण्डारीको शतक

राजधानीमा जारी मेयर कप एकदिवसीय क्रिकेटमा विनोद भण्डारीले शतक प्रहार गरेका छन् ।

आज त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा वाग्मती प्रदेशले दिएको २७८ रनको लक्ष्य पछ्याउनेक्रममा त्रिभुवन आर्मी क्लबका लागि विनोदले शतक प्रहार गरेका हुन् । उनले ९६ बल खेल्दै ८ चौका र ५ छक्काको सहयोगमा १०० रन पूरा गरे ।