मेयर्स कप क्रिकेट : फाइनलमा पुलिस र एपिएफ भिड्ने

मेयर्स कप क्रिकेट : फाइनलमा पुलिस र एपिएफ भिड्ने

मेयर्स कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रहरीका दुई विभागीय टोली भिड्ने भएका छन् । बिहीबार भएको खेलमा काठमाडौँ मेयर्स–११ लाई ७ विकेटले हराउादै गर्दै शसस्त्र प्रहरी बल(एपीएफ) फाइलनमा पुगेको हो । 

मुलपानी क्रिकेट मैदानमा बिहीबार भएको खेलमा एपीएफले काठमाडौँ मेयर्स–११ लाई हराएको हो । एपीएफका लागि शरद भेषावकर र सन्दीप जोराले अर्धशतक बनाए । शरद ६१ र सन्दीप ६२ रनमा अविजित रहे।  

त्यसअघि पहिला ब्याटिङ गरेको काठमाडौँ मेयर्स–११ ले ४८.५ ओभरमा सबै विकेट गुमाएर १७७ रन बनाएको थियो।एपीएफका अविनाश बोहरा र कमल ऐरीले तीन तीन विकेट लिए। काठमाडौँ मेयर्स–११ का लागि सन्दीप रजालीले ४८, हरिशंकर शाहले ३६ र विक्रम भुसालले २० रन बनाए। 

आजै कीर्तिपुर मैदानमा भएको अर्काे खेलमा बागमती प्रदेशले त्रिभुवन आर्मी क्लबलाई हराएको छ । यस खेलमा वागमतीका कप्तान पासर खड्का र आर्मीका कप्तान विनोद भण्डारीले शतक बनाए । वागमतीले खेल १० रनले जितेको हो ।