राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेश जाने

राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेश जाने

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले छिमेकी मुलुक बंगलादेशको भ्रमण गर्ने भएकी छिन् । राष्ट्रपति निवास स्रोतका अनुसार उनले चैत्र ९ र १० गते बंगलादेश भ्रमण गर्ने मिति तय भएको छ ।

बंगलादेश स्वतन्त्र भएको स्वर्णजयन्तीको अवसरमा हुन लागेको एक विषय कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी त्यसतर्फ जान लागेकी हुन् ।

भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले त्यहाँका राष्ट्रपति अब्दुल हमिद र प्रधानमन्त्री शेख हसिना वाजेदसँग औपचारिक भेट गर्ने कार्यक्रमसमेत रहेको छ ।