भारतीय कप्तान क्षेत्री कोरोना संक्रमित

भारतीय कप्तान क्षेत्री कोरोना संक्रमित

भारतीय राष्ट्रिय फुटबल टिमका कप्तान सुनिल क्षेत्रीलाई कोरोना संक्रमण भएको छ । बेङ्गलुरुमा गरिएको परीक्षणमा क्षेत्रीमा कोरोना संक्रमण पुष्टि भएको हो । 

इण्डियन सुपर लिगका लागि गोवामा रहेका बेङ्गलुरु फुटबल क्लबका स्टार क्षेत्रीले संक्रमण पुष्टि भएसँगै केही खेलहरु गुमाउने भएका छन् । लिगका लागि क्षेत्री गोवा पुगेका थिए । उनको टोली लिगबाट भने बाहिरिइसकेको छ । 

संक्रमण पुष्टि भएपछि क्षेत्रीले राष्ट्रिय टिमका केही खेल गुमाउने भएका छन् । भारतले यही मार्चमा युएई र ओमनसँग दुई मैत्रीपूर्ण खेल खेल्दैछ । जुन खेलमा क्षेत्रीको उपस्थिति रहने सम्भावना अहिले निकै कम भएको छ । 

मार्च २५ मा ओमन र मार्च २९ मा युएईसँग खेल हुने तालिका रहेको छ । क्षेत्रीले सुपर लिगको २० खेलमा ८ गोल गरेका थिए ।