गेटामा पानीमा तैरिएको अवस्थामा एक पुरुष मृत फेला

गेटामा पानीमा तैरिएको अवस्थामा एक पुरुष मृत फेला

कैलाली । कैलालीको गेटामा एक पुरुषको बेवारिसे शव फेला परेको छ । 

सडकछेउको नालामा पानीमा तैरिएका अवस्थामा शव फेला परेको हो ।  बिहान स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा पुगेको प्रहरीको टोलीले शवलाई पानीबाट निकाल्ने काम गरिरहेको छ ।