काठमाडौं मेयर कप : उपाधि जित्न पुलिसलाई १०६ रन आवश्यक

काठमाडौं मेयर कप :  उपाधि जित्न पुलिसलाई १०६ रन आवश्यक

काठमाडौं मेयर कपको उपाधिका लागि अहिले त्रिवि क्रिकेट मैदानमा दुई विभागीय टोली नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा जारी छ । 

खेलको पहिलो पारी सकिँदा उपाधिका लागि पुलिसले १०६ रनको लक्ष्य प्राप्त गरेको छ । टस जितेर ब्याटिङ रोजेको एपिएफले २९.४ ओभरमा सबै विकेट गुमाउँदै १०५ रन मात्र जोड्न सक्यो ।

उसका लागि कुनै पनि ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । वसन्त रेग्मीले सर्वाधिक २२ रनको योगदान दिए ।

अमरसिंह रौटेला र सन्दीप जोराले समान १८–१८, भुवन कार्कीले १४, अविनाश बोहराले १२ रनको योगदान दिँदा अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

एपिएफलाई सस्तैमा समेट्न पुलिसका गुलसन झा र सागर ढकालले ४–४, पवन सरार्फ र दीपेन्द्रसिंह ऐरीले समान १–१ विकेट लिए ।