पुलिसलाई मेयर कपको उपाधि

पुलिसलाई मेयर कपको उपाधि

नेपाल पुलिस क्लबले काठमाडौं मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइलन खेलमा पुलिसले अर्को विभागीय टोली एपीएफलाई ७ विकेटले हराउँदै उपाधि हात पारेको हो । 

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल पुलिस क्लबले जितका लागि पाएको १०६ रनको लक्ष्य २४ ओभर १ बलमा ११० रनमा पूरा गर्यो । 

पुलिसका लागि ओपनर सुनिल धमलाले अर्धशतकीय पारी खेले । ८२ बल खेलेका उनले ७ चौका र २ छक्काको सहयोगमा ५९ रनको योगदान गरे । 

त्यस्तै अनिल शाहले १५ रन बनाउँदा कुशल भुर्तेलले १५ रन जोडे । पुलिसका लागि दिपेन्द्र ऐरीले ११ रनको योगदान गरे  । बलिङतर्फ एपीएफका लागि भुवन कार्की र अविनास बोहोराले समान एक–एक विकेट लिए ।  उपाधिसँगै पुलिसले ५ लाख नगद प्राप्त गरेको छ । उप–विजेता एपीएफले तीन लाख हात पार्यो ।
 
यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले २९ ओभर ४ बलमा अलआउट हुँदै  १०५ रन बनाएको थियो ।एपीएफका लागि बसन्त रेग्मीले सर्वाधिक २२ रनको योगदान गरे । त्यस्तै सन्दीप जोराले १८ रन बनाउँदा भुवन कार्कीले १४ रन जोडे । 

बलिङतर्फ पुलिसका लागि गुल्सन झाले सर्वाधिक ४ विकेट लिए । ७ ओभर बलिङ गरेका उनले ३६ रन खर्चिए । त्यस्तै सागर ढकालले ४ विकेट लिए । पुलिसका लागि पवन सरार्फ र ललित राजवंशीले समान एक–एक विकेट लिए ।