ओली र नेपालसँग छुट्टाछुट्टै वार्ता गर्दै गौतम

ओली र नेपालसँग छुट्टाछुट्टै वार्ता गर्दै गौतम

काठमाडौं । नेकपा (एमाले) का नेता तथा एकता अभियानका संयोजक वामदेव गौतमले पार्टीभित्र देखिएको समस्या समाधान गर्न अध्यक्ष केपी शर्मा ओली र नेता माधव नेपालसँग छलफल गर्ने भएका छन् ।

अध्यक्ष ओलीको नेतृत्वमा शुक्रबार बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले विभिन्न निर्णय गरेपछि नेपाल पक्षका नेताहरू असन्तुष्ट भएकाबेला अभियानका संयोजक गौतमले आफ्नो सक्रियता देखाउने भएका हुन् ।   

सो अभियानको शनिबार बसेको बैठकले पार्टी भित्रको समस्या समाधान गर्न अभियान सक्रिय हुने निर्णय भएको स्रोतले जनाएको छ । नेता गौतमले अध्यक्ष ओली र नेता नेपालसँग छुट्टाछुट्टै वार्ता गर्ने निर्णयमा पुगेको बताइएको छ । 

शुक्रबारको बालुवाटार बैठकको निर्णयपछि नेता नेपाल पक्षले  शनिबार पार्टीभित्र समानान्तर कमिटी गठन गर्ने निर्णय गरेको छ । सो पक्षले सातै प्रदेशमा इन्चार्ज तोकेको छ ।