कसले फुल्न सिकायो कसले ओइलिन सिकायो

कसले फुल्न सिकायो कसले ओइलिन सिकायो

कसले फुल्न सिकायो कसले ओइलिन सिकायो।
जसले सिकाए पनि, आँखिर झर्न किन सिकायो।

तिमी मलाई सम्झेर सुत्नु भनेर भुसुक्क नियायौ,
यसरी अबेर सुत्ने बेला कसले सम्झिन सिकायो।

प्रेमीहरूको भिडमा प्रेमी खोज्न हिडे छौ कसले, 
प्रेम खोज्न यसरी गुलाफ लिएर उभिन सिकायो।

सम्बन्धहरूको व्यापार राम्रो हुन्छ जस्तो छ यहाँ,
यस्तै व्यापारले होला मान्छेलाई नाङ्गिन सिकायो।

तिमी मैले चिनेको तिमी रहन सकेनौ आजदेखी 
कठै!कसले हेप्न सिकायो कसले हेपिन सिकायो।

बाँच्नभन्दा मर्न,बनाउनभन्दा भत्काउन सजिलो
तिम्रो घाँटीको पछ्यौरीले पनि झुन्डिन सिकायो।