सरकारको गत आर्थिक बर्षको खर्च बिवरण माथि अध्ययन शुरु

सरकारको गत आर्थिक बर्षको खर्च बिवरण माथि अध्ययन शुरु

धनगढी : सुदूरपश्चिम प्रदेश सभाको सार्वजनिक लेखा समितिले प्रदेश सरकारको गत आर्थिक बर्ष खर्च बिबरणमाथि अध्ययन शुरु गरेको छ । 

समितिको बैठकले गत आर्थिक बर्षको आंंिशक बजेटको सम्पूर्ण खर्च बिवरणबारे मन्त्रालयगत रुपमा अध्ययन थालेको हो । 

बैठकमा सामाजिक विकास मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालयको खर्च विवरण अध्ययन गर्ने निर्णय भएको समितिका सभापति कुमारी नन्दा बमले जानकारी दिईन् । 

उनले संसद अधिबेशन शुरु भएकोले संसदको बैठक नभएको दिन पारेर समितिको अर्को बैठक आयोजना गरिने जानकारी दिंदै सो बैठकमा सामाजिक विकास मन्त्रालयका सचिवलाई बोलाएर खर्च बारे छलफल गरिने बताईन् । 

सभापति बमले समितिका १३ वटा बैठक सम्पन्न भएको जानकारी दिदै १४ औं बैठकमा सामाजिक विकास मन्त्रालयका सचिव र १५ औं बैठकमा भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिवलाई समितिमा बोलाएर छलफल गर्ने निर्णय गरिएको जानकारी दिएकी छन् । 

अन्य मन्त्रालयको खर्च बिबरणमा छलफल सकिएको र यी दुबै मन्त्रालयबारे छलफल गरेपछि निष्कर्षसहितको प्रतिवेदन प्रदेश सभामा बुझाइने तयारीमा सार्वजनिक लेखा समिति छ