कसैले भन्दाहुन मलाई धोका दियो भनेर

कसैले भन्दाहुन मलाई धोका दियो भनेर

कसैले भन्दाहुन मलाई धोका दियो भनेर।
कसैले भन्दैछन प्रेम पो कहाँ थियो भनेर।

आजकलका प्रेमीहरूले प्रेमको हत्या गरे
स्वार्थी यसैले म भन्छु प्रेम सिद्धियो भनेर।

यात्रा हो जिन्दगी चलाउनु पर्छ बाँचुन्जेल,
हेर्नु छैन को गए र को फेरि फर्कियो भनेर।

चिन्ता नगर्नुस पिडाको पनि दिन फर्किन्छ
समय हो हेला नगर्नु यो जाबो सियो भनेर।

सम्झिने त फुर्सद छैन आजकल कसैलाई, 
भन्नू होला कुनै दिन यसले सम्झियो भनेर।
                  २०७७/१२/०१ महेन्द्रनगर